नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य अन्तर्राष्ट्रिय जगतबाट गलत प्रमाणित भयो -परराष्ट्रमन्त्री डा.राणा

नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य अन्तर्राष्ट्रिय जगतबाट गलत प्रमाणित भयो -परराष्ट्रमन्त्री डा.राणा

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको स्थिति खत्तमै भयो भन्ने विकसित भाष्य अन्तर्राष्ट्रिय जगतबाट हेर्दा गलत प्रमाणित भएकाे दाबी गरेकी छन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा भएको (एसिया कोअपरेसन डायलग)एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो दाबी गरेकी हुन् ।

‘अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन, खत्तमै भयो देश भनिन्छ त्यस्तो चाँही होइन रहेछ ।’

आफ्नो विदेश भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘जलवायु परिवर्तनले गरेर हाम्रो देशमा हुने विनासको बारेमा धेरै कुराहरु उठायौं । र अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन, खत्तमै भयो देश भनिन्छ त्यस्तो चाँही होइन रहेछ । जुन एसटीजी गोल छ, त्यहाँ हामीले ४७ प्रतिशत हासिल गरिसकेका रहेछौं । यो निकै राम्रो हो । अन्तर्राष्ट्रिय रुपमा यो १७ प्रतिशत हुने देश पनि रहेछन् ।’ नेपाल यसमै सिमित नरहेर अझै अघि बढ्नुपर्ने उनको भनाई छ ।

‘बाढीपहिरो पीडितलाई समयमै राहत उपलब्ध गराउँछौं ।’

विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा राजनीति क्षेत्रमा महिलाको सहभागिता र महिला नेतृहरुमाथि हुने सोसल मिडिया अट्याकबारे पनि छलफल भएको जानकारी गराइन् । ‘हाल विश्वमा ३४ जिल्लामा विदेशमन्त्री महिला रहेछन् र उक्त बैठकमा १५ जना सहभागी थियौं । मलाई जस्तै विश्वमा अन्य महिला नेतृविरुद्ध सोसल मिडिया क्याम्पेन चलाइँदो रहेछ । यसलाई अन्तर्राष्ट्रिय रुपमै नियमन गर्नेगरी छलफल भएको छ ।’ उनले भनिन् ।

‘नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ ।’

कतारमा भएकाे एसिया कोअपरेसन डायलगबारे पनि जानकारी गराउँदै परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘त्यहाँ २ वटा इस्यु उठेकाे थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो । वर्ल्ड पिस, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना भएको कुरा राखेँ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा पनि राखेर आएको छु ।’

आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन निकै फलदायी रहेको परराष्ट्रमन्त्री डा.राणाको दाबी छ । ‘नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ ।’ उनले भनिन् ।

‘महिला नेतृविरुद्ध हुने सोसल मिडिया क्याम्पेन नियमनबारे छलफल गरेका छौं ।’

परराष्ट्रमन्त्री डा‍ राणाले केहीदिनअघि देशभर बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेकी छन् । उनले भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताउँदै समयमै राहत उपलब्ध गराउने विश्वास पनि दिलाइन् ।

Logo