चितवनमा रास्वपाका समर्थक र सहकारी पीडितबीच बन्यो तनावपूर्ण स्थिती

चितवनमा रास्वपाका समर्थक र सहकारी पीडितबीच बन्यो तनावपूर्ण स्थिती

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । चितवनमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र सहकारी पीडितबीच घम्साघम्सी परेको छ ।

नारायणगढको नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सभापति लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र उनका समर्थकबीच तनावको स्थिती बनेको हो । सहकारी पीडित भनिएकाहरुले रास्वपाको भेलामा पस्न नदिएपछि जबरजस्ती गरे, त्यसपछि भित्रैबाट ढुङ्गा र पानीको बोतल प्रहार गर्दा यस्तो स्थिती बनेको बताइएको छ । केही सहकारी पीडित घाइते पनि भएका छन् ।

तर, यता रास्वपाले भने कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको दावी गरेको छ ।

Logo