राप्रपाद्वारा मन्थलीका बाढीपीडितलाई राहत सामग्री वितरण

राप्रपाद्वारा मन्थलीका बाढीपीडितलाई राहत सामग्री वितरण

केन्द्रबिन्दु
28
Shares

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरूलाई झोलालगायतका सामान दिएको हो ।

राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरू भएका स्थानमा खोला बगिरहेको छ ।

Logo