विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत विरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले विपद् न्यूनीकरण र त्यसको सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नसपर्ने र यस कार्यको अगुवाइ गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विपद्को पूर्वतयारी र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्नुपर्ने र यसमा सबै पक्ष साझा दायित्वका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट गरे ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए ।

Logo