माओवादी केन्द्र एक्लै चुनाव लड्छ र जित्छः प्रचण्ड

माओवादी केन्द्र एक्लै चुनाव लड्छ र जित्छः प्रचण्ड

केन्द्रबिन्दु
98
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु ।” फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए । उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरू एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।”

Logo