कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन् ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए ।

Logo