राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंस्थित नक्साल भगवती मन्दिरको दर्शन गरेका छन् ।

शुक्रबार दिउँसो उनकी धर्मपत्नी सविता पौडेलका साथ मन्दिरको दर्शन गरेका हुन् ।

बडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल भगवती मन्दिर पुगेका हुन् । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

सोही परम्परा अनुसार राष्ट्रपति पौडेल नक्साल भगवतीको दर्शनका लागि पुगेका हुन् । मन्दिरमा उनले दर्शन एवं पूजाआजा गरेका थिए ।

Logo