कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

केन्द्रबिन्दु
70
Shares

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्।

टीकाको शुभसाइतमा उहाँले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गरेका हुन्। मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ। उनले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावकासाथ दसैँ मनाउन आग्रह गरेका छन्।

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पु-याएकाले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन उहाँले आग्रह गरेका हुन्।

Logo