अध्यक्ष प्रचण्ड भन्छन्- दशैं मेरो प्राथमिकतामा पर्दैन

अध्यक्ष प्रचण्ड भन्छन्- दशैं मेरो प्राथमिकतामा पर्दैन

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् ।

बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले दशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिएका हुन् । ‘जनयुद्धभरी र त्यसपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिने गर्छु । घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन । उनीहरुलाई सहयोग चाहीं गर्छु,’ उनले भने ।

अध्यक्ष प्रचण्डले दशैंमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएका थिए ।

Logo