राष्ट्रपति पौडेलले भक्तपुरको नवदुर्गा भगवतीको गरे दर्शन

राष्ट्रपति पौडेलले भक्तपुरको नवदुर्गा भगवतीको गरे दर्शन

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् ।

बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन् । बडादशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ ।

यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए ।

Logo