असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छः सञ्चारमन्त्री गुरुङ

असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताएका छन् ।

बुधबार ‘दनुवार’भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उनले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, विभेद, उत्पीडनका विषयमा झगडा हुन्छ । राज्यले समान अधिकार दिन नसकेको हुनाले यस्तो भएको हो । यसको व्यवस्थापन गर्नको लागि संघीय शासन प्रणालीको आवश्यकता हुन्छ । यसका लागि विविधताभित्र एकता खोज्नु पर्छ । नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नको लागि सबैलाई थोरै थोरै र बराबर अधिकार दिएर अगाडि बढ्नु पर्छ ।’

आफ्नो प्रतिनिधि माथि जनताको राम्रो नियन्त्रण कायम होस र लोकतन्त्र राम्रो होस भनेर संघीय प्रणालीमा आएको पनि उनको भनाई छ ।

यस्तै, उनले समय अनुसार नढल्ने हो भने विकास सम्भव नहुने भन्दै रेडियो नेपाललाई वर्तमान समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने बताए । उनले सरकार र नीति नियमको स्थिरताको लागि र जनताको समस्या समाधान गर्नको लागि यो सरकार बनेको भन्दै सरकारले आफ्नो काम गर्ने बताए ।

Logo