मन्त्रिपरिषद् बैठक बस्दै, तीन दलको सहमतिअनुसार सर्च कमिटी टुंग्याउने

मन्त्रिपरिषद् बैठक बस्दै, तीन दलको सहमतिअनुसार सर्च कमिटी टुंग्याउने

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे बैठक बस्न लागेको हो ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने बताइएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।

Logo