प्रचण्डले बोलाए प्रतिपक्षी दलहरूको बैठक, राप्रपा पनि सहभागी

प्रचण्डले बोलाए प्रतिपक्षी दलहरूको बैठक, राप्रपा पनि सहभागी

केन्द्रबिन्दु
882
Shares

काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

बैठक संसद् भवनको लोस्से हलमा सुरु हुनेछ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार बाढी–पहिरो पीडितहरूलाई सरकारले राहत तथा व्यवस्थापन गर्न सरकारले नसकेको विषय र सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले व्यापारीबाट लिएको जग्गाको विषय बैठकको मूल एजेन्डा रहने छ ।

Logo