लोसपा र नाउपा विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनमा हलचल

लोसपा र नाउपा विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनमा हलचल

केन्द्रबिन्दु
812
Shares

काठमाडौं । वर्तमान सरकारलाई समर्थन गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनमा हलचल मच्चिएको छ ।

माओवादीका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक राखेका थिए । बैठकमा रास्वपा, राप्रपा, एकिकृत समाजवादीसहित लोसपा र नाउपा पनि सहभागी रह्यो । जसमा लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिइन् । समग्रमा भन्नुपर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले र नेपाली कांग्रेसबाहेकको बैठक थियो त्यो । यसले सत्तापक्षमा खैलाबैला उत्पन्न भएको छ।

किनकी लोसपा र नाउपा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी छन्। लोसपाबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री छन् भने नाउपाका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन्।

यस विषयमा एमाले र कांग्रेसले चासोका साथ हेरेका छन् । तर, यता लोसपा अध्यक्ष महन्थ ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले आफैँ फोन गरेर बोलाएको र झुक्किएर बैठकमा पुगेको पनि लोसपाले स्पष्टिकरण दिइसकेको छ । यसैगरी नाउपाकी अध्यक्ष श्रेष्ठले पनि कांग्रेस र एमालेबाहेकका दलका नेताहरू बैठक मात्र भएको आफूले थाहा नपाएको र बैठकमा अन्तिम समयतिर पुगेको बताएकी छन् । तर, तर्क जेसुकै आएपनि बैठकमा वर्तमान सरकारले अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको कुरा भने उठेको थियो, यो साना दललाई घातक नै हुनसक्छ । त्यसकारण पनि यो लोसपा र नाउपाको उपस्थितीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Logo