बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । गत असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए ।

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक,झापा, महोत्तरीलगायतका ४९ स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्व तयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयम्सेवक ब्युरो गठन गरिएको र हालसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयम्सेवक दर्ता भइसकेको जानकारी गराए ।

बैठकमा सांसदहरुले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने हुनाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन समेत भएको बताएका छन् । शुक्रबार समितिले गृह मन्त्रालयसँग विपद व्यवस्थापन सम्बन्धमा छलफल गरेको थियो ।

Logo