राजनीतिक अस्थिरताको अन्त्य नगरेसम्म देशमा प्रगती हुँदैनः अध्यक्ष प्रचण्ड

राजनीतिक अस्थिरताको अन्त्य नगरेसम्म देशमा प्रगती हुँदैनः अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक विकासको निम्ती प्रकृतिको असिमित स्रोत साधन भएर पनि प्रगती हुन नसकेको बताएका छन् ।

शुक्रबार हिन्दु आर्थिक फोरम, नेपाल बिजनेस मिट २०२४ प्यानल डिस्कसनलाई सम्बोधन गर्दै उनले जग जमिन, जडिबुटी, मिहेनति जनशक्ति हुँदा पनि विकासको गति नेपालले लिन नसकेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा आर्थिक विकासका निम्ती प्रकृतिले दिएको स्रोत साधन असिमित छ । जल जमिन, जडिबुटि , मिहेनति जनशक्ति पनि निकै धेरै छ, यो सबै प्रकृतिले दिएको र ईतिहासले दिएको हाम्रो विराशत जस्तो छ र त्यो विराशतले दिएको कुराहरुलाई समेटेर हामिले नेपाललाई विकासको गतितर्फ लग्नुपर्ने हो तर त्यो हुन सकिरहेको छैन ।’

साथै, उनले ओभर पोलिटीसाइजेशन र राजनीतिक अस्थिरता नै प्रगतिको बाधक रहेको बताए । उनले पोलिटीसाइजेशन र राजनीतिक अस्थिरताको स्थितिको अन्त्य गर्न नसकेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्ने वातावरण नबन्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीसँग साधन, स्रोतको कमी भएर पनि होईन । अध्ययनशील जनशक्तिको कमी भएर पनि होईन । बिजनेश अनुभव भएकाहरुको कमी भएर पनि होईन । फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्न सकेका छैनौं भन्दा चाहीँ ओभर पोलिटीसाइजेशन नै, राजनीतिक अस्थिरता नै यसको केन्द्रमा आउँछ भनेर हामीले भन्न हिच्किचाउन हुँदैन ।’

Logo