लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।

शुक्रबार काठमाडौँस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया प्रालि गएको रकम दुरूपयोगको अभियोग छ ।

शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

उनीमाथि प्रहरीले सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्ने जानकारी दिएको छ । सङ्गठित अपराधको सोही प्रकरणमा यसअघि नै पक्राउ परेका छविलाल जोशीसँगै लामिछानेको अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

सङ्गठित अपराधको अनुसन्धान गर्न ६० दिनको अवधि पाइने कानुनी व्यवस्था रहेको छ । यद्यपि गत असोज ६ गते पक्राउ परेका जोशीले २७ दिन थुनामा बसिसकेको हुँदा उनीसँगै लामिछानेको अनुसन्धान पनि ३३ दिनमै सक्ने गरी प्रहरीले तयारी गरेको बताइएको छ ।

सहकारी रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विषेश समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

Logo