चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

केन्द्रबिन्दु
224
Shares

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन् ।

उनीहरुलाई शनिबार विहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम शुभेच्छुकहरुले स्वागत गरेका थिए । वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन् ।

न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि प्रचण्ड ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई निम्ता गरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए । विभाजित भएका माओवादीका पुराना नेताहरुलाई आयोजकले एउटै मन्चमा उभ्याउने प्रयास गर्दै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ ।

जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरु बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउने प्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।

Logo