रवि लामिछानेलाई आज अदालतमा पेस गराइने, पोखराको सुरक्षा व्यवस्थामा कडाइ

रवि लामिछानेलाई आज अदालतमा पेस गराइने, पोखराको सुरक्षा व्यवस्थामा कडाइ

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएका उनलाई आज अदालतमा पेस गरिन लागिएको हो ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट लामिछाने पक्राउ परेका थिए । लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।

हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखराको सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ ।

Logo