चीनले भन्यो- नेपालको सुख र समृद्धिमा सधैं साथमा छौं

चीनले भन्यो- नेपालको सुख र समृद्धिमा सधैं साथमा छौं

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवम् छिङहाइ प्रान्तका सेक्रेटरी छन् काङ नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने बताएका छन् ।

आइतबार काठमाडौंको याक एण्ड यती होटलमा आयोजित चीनको आधुनिकीकरण र हिमालय पार सहयोग सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको मित्रता थप बढाउनुपर्ने बताए । उनले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्नुपर्ने धारणा राखे ।

उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सी चिनफिङसम्म पुर्याउने बताए । उनले आफू महासचिव चिनफिङको निर्देशनमा नेपालको भ्रमणमा आएको पनि जानकारी गराए ।

सिचुआन प्रान्तको राजधानी छन्तुबाट शनिबार काठमाडौं उत्रिएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए । छन् काङसहित आएको चिनियाँ टोली सोमबार दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

Logo