सरकारको ध्यानाकर्षण गराउँदै प्रतिपक्षी दलहरू

सरकारको ध्यानाकर्षण गराउँदै प्रतिपक्षी दलहरू

केन्द्रबिन्दु
616
Shares

काठमाडौँ । प्रतिपक्षी दलहरूले आज सरकारको ध्यानाकर्षण गराउने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक एवं राजनीतिक विषयमा ज्ञापनपत्र बुझाउने भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित छ दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर आज साढे चार बजे ज्ञापनपत्र बुझाउने तयारी गरिएको बताइएको छ ।

Logo