पोखरामा रवि लामिछानेको बयान, पृथ्वीचोकमा प्रदर्शन

पोखरामा रवि लामिछानेको बयान, पृथ्वीचोकमा प्रदर्शन

केन्द्रबिन्दु
434
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ ।

बयानकै बीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थकहरूले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् । उनी कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । बयान सुरु भएसँगै उनका समर्थकहरुले प्रदर्शन पनि गरिरहेका हुन् ।

हिजो आइतबारभन्दा आज सोमबार प्रदर्शनकारीको संख्या भने कम छ । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

Logo