नेपालमा वैकल्पिक शक्ति आवश्यक छः डा. बाबुराम भट्टराई

नेपालमा वैकल्पिक शक्ति आवश्यक छः डा. बाबुराम भट्टराई

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा वैकल्पिक शक्ति आवश्यक भएको बताएका छन् ।

सोमबार पोखरामा आयोजित पार्टीको प्रथम विधान अधिवेशनमा उनले उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पूराना भएको भन्दै अब सबै प्रकारले वैकल्पिक शक्ति आवश्यक भएको बताए ।

उनले भने, ‘उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पुरानो भयो । २१ औं शताब्दीले नयाँ विचार ल्याउनुपर्छ । भर्खर मात्रै लोकतान्त्रिक प्रक्रिया पूरा गरेर पुँजीवादी राजनीति आर्थिक चरणबाट समाजवादी चरणमा प्रवेश गरेको सन्दर्भमा अब वैकल्पिक शक्ति चाहिन्छ भनेर नै नयाँ शक्ति अभियान सुरु गरेका हौं ।’

यसका साथै, उनले आफूले निजी स्वार्थको लागि जीवनमा कहिले केही काम नगरेको बताए । उनले स्वार्थका लागि भविष्यमा पनि कुनै काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म सबैको अगाडि छाती फुलाएर बन्न चाहन्छु । बाबुराम भट्टराईले निजी स्वार्थको लागि जीवनमा कहिले केही काम गरेन् । आज पनि गर्दैन् र भोलि पनि गर्दैन् । बाबुराम अर्थमन्त्री भयो, प्रधानमन्त्री भयो कोहीसँग पैसा लिएर जनताको अहित हुने काम गर्यो भनेर प्रमाणसहित आउने हो भने म जेल जान तयार छु । फाँसीमा चढ्न तयार छु ।’

विधिको शासन, अर्थतन्त्र र अहिलेका पार्टीहरुको कब्जाबाट मुलुक बाहिर ननिस्किएसम्म सुशासन सम्भव नहुने उनको भनाइ थियो ।

Logo