युवा संघका अध्यक्ष क्षितिज थेवेको व्यंग्यः ‘परिवर्तन ल्याउँछु, सहकारी खान्छु’

युवा संघका अध्यक्ष क्षितिज थेवेको व्यंग्यः ‘परिवर्तन ल्याउँछु, सहकारी खान्छु’

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले सहकारी ठगी प्रकरण र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थेवेले ईमानको राजनीतीमा गम्भिर प्रश्न भन्दै विभिन्न ७ सवालमा लामिछानेमाथि टिप्पणी गरेका हुन् । पहिलो सवालमै उनले व्यंग्य कसेका छन्, ‘लुट्न पाउँः जनता लाई ढाँट्ने हो, सहकारी लुट्ने हो, पीडित मार्ने हो ।’

उनले थप भनेका छन्,

‘माग नम्बर २- कानुन हातमा लिन पाउँ : कानुन मै हो – तेरा वा …
माग नम्बर ३- अदालत ??? घेराबन्दि गर्ने हो, वाध्यतामा पार्ने हो
माग नम्बर ४- सामाजिक न्याय : आफै धामी – आफै वोक्सी हुन पाऔं
माग नम्बर ५- देशभक्ति हुन पाउँ: देशलाई आपत परे दोहोरो नागरिकता र पासपोर्ट लिएर टाप ठोक्ने हो
माग नम्बर ६- परिवर्तन ल्याउँछु, सहकारी खान्छु
माग नम्बर ७- सुशासन ल्याउँछु, ग्यालेक्सी टेलिभिजन खान्छु’

गत शुक्रबार सभापति लामिछाने पक्राउ परेपछि निलो क्रान्ति भन्दै अहिले रास्वपा सडकमा छ । त्यसमा पनि अध्यक्ष थेवेले भनेका छन्, ‘निलो क्रान्ति : अवको गन्तव्य !!!, यात्रा ८४ को, प्रधानमन्त्री हुने, देश बेच्ने हो ।
धन्यवाद रवि दाई …’

लामिछाने पक्राउ परेपछि अनुसन्धानलाई सघाउनुको साटो रास्वपाले चालेको कदमलाई लिएर अध्यक्ष थेवेको एकपछि अर्को टिप्पणी आइरहेका छन् । राजनीतिमा होमिनुअघि लामिछानेले अदालतको पक्षमा लेखेको पुरानो स्टाटसलाई शेयर गर्दै उनले भनेका छन्, ‘केरे … केरे … केरे… अदालतलाई प्रभाव पार्न घेर्ने रे !!?? कास्की जिल्ला अदालतमा जात्रा गर्दै रे ?? तेरा निलो क्रान्ति रे …????’

हाल कास्की प्रहरीकाे हिरासतमा रहेका लामिछानेमाथि पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप छ । उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघमै जाहेरी दिएका थिए । उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बने । तर, जब सरकार ढल्यो र संसदीय छानबिन विशेष समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनी समातिएका हुन् । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु जिवी राई अझै फरार छन् ।

Logo