युवा नेता गगनको प्रश्नः ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने ?

युवा नेता गगनको प्रश्नः ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने ?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने भनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

काँग्रेस नेता थापाले संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा दिएको जवाफ स्पष्ट नभएको उल्लेख गर्दै सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार नै संसदीय संसदको ‘फूल हाउस’बाट पारित गराउने कि नगराउने भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।

शुक्रबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो विधेयकलाई वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार सच्याउने हो भने सरकारले संसदको ‘फूल हाउस’मा सो प्रस्ताव प्रस्तुत गर्न पनि माग गरे । संसदीय विधि र प्रक्रिया अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सच्याउन चाहेको हो भने संसदको फूल हाउसमा प्रस्ताव पेश गर्नुपर्ने उनको भनाई छ ।

तर प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताको कुरा गरेर के भन्न खोजेको हो (?) भन्ने स्पष्ट नभएको नेता थापाको प्रतिक्रिया छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरेको थियो ।

त्यसप्रति असहमति जनाउँदै आउनु भएका थापाले सो विधेयक संघीय संसदको फूल हाउसबाट सच्याउने अवसर सरकारलाई रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । वरिष्ठ चिकित्सक केसीले समितिले पारित गरेको सो विधेयक सच्याउन दवाव दिँदै १६ औं पटक आमरण अनसन सुरु गर्नु भएको छ ।

Logo