पार्टी विभाजनपछि रबीन्द्र मिश्रले लेखे मनछुने खुलापत्र (भिडियोमा)

पार्टी विभाजनपछि रबीन्द्र मिश्रले लेखे मनछुने खुलापत्र (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पार्टी विभाजन भएको एक सातापछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सदस्य र शुभेच्छुकको नाममा खुलापत्र लेखेका छन् । पत्रको सुरुमै सबैसँग माफी मागेका छन् । अर्का संयोजक उज्वल थापासहित केही नेताहरु पार्टी विभाजन गरेर अलग भएपछि मिश्रले पार्टी सदस्य र शुभेच्छुकको नाममा खुलापत्र लेख्दै हृदयदेखि नै क्षमायाचना माग्दै खुलापत्र लेखेका हुन् ।

सबै शुभेच्छुकको सहयोगले आफुहरु यहाँसम्म पुगेको दाबी गर्दै विचलित नहुन सबैमा आग्रह गरेका छन् । पार्टी फुटाएर गएकाहरुलाई शुभकामना दिँदैं उनले खुलापत्रमा लेखेका छन, ‘हामीलाई आरोप लगाउनेहरूचाहिँ नेपालका सबैभन्दा असल, क्षमतावान, सभ्य र सुसंस्कृत व्यक्ति हुन् जसको संघर्षबाट मात्र यो देश परिवर्तन हुन सक्छ । उहाँहरू त्यस्तै हुनुहुन्छ भने त्यस्तै रहनुहोस्, मेरो शुभकामना छ ।’

आफुहरु घुम्तीमा आएका अलमलबाट आत्तिएर बाटो बदल्ने खालको नभएको दावी गर्दै परिस्थितिसँग जुधेर अगाडि बढ्ने संकल्प गरे । उनले भनेका छन्, ‘घुम्तीमा आएका अलमलबाट आत्तिएर बाटो बदल्दा गन्तव्यमा पुग्न सकिँदैन । परिस्थितिमा परेको गाँठो नफुकालेर बाहिर निस्कनेले फेरी अर्को गाँठो पार्छ या अर्को गाँठो पर्दा फेरी तर्सिएर भाग्छ । त्यसैले हामी जतिसुकै जटिलता आए पनि यो यात्रा छोड्दैनौं । र, विश्वास गर्नोस्, जसले जति नै सभ्य भाषामा दानवीकरण गर्न खोजे पनि समग्रमा हाम्रो बाटो गलत छैन । हामी ठिक दिशामा अग्रसर छौं । भएका कमजोरीहरू सुधार्दै जान्छौं ।’

थप तलको भिडियोमाः

Logo