जब कांग्रेस नेता सरकारी गाडी फिर्ता गर्दै अटो रिक्सामा घर गए

जब कांग्रेस नेता सरकारी गाडी फिर्ता गर्दै अटो रिक्सामा घर गए

केन्द्रबिन्दु
0
Shares

बुटबल । पाँच नम्बर प्रदेशका प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् । प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले अध्ययन थालिरहेको बेला उनले गाडी सचिवालयमा नै फिर्ता गरेका हुन् ।

शुक्रबार दिउँसो प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई उनले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडीको चाबी र ब्लुबुक बुझाएका हुन्। यसअघि सार्बजनिक लेखा समितिका सभापति डिल्लीबहादृुर चौधरीले पनि गाडी फिर्ता गरेका थिए ।

प्रदेश सभाले खरिद गरेका १३ गाडीमध्ये ११ वटामा अनियमितता भएको बताइएको छ । मन्त्रालयल र प्रदेश सभाले खरिद गरेको एउटै गाडीको मूल्यमा करिब सवा लाख रुपैयाँको अन्तर छ । ती गाडी उपभोक्ता मूल्यभन्दा झण्डै साढे चार लाख रुपैयाँले बढी छ । सोको छानबिनका लागि लेखाले उपसमिति गठन गरेको छ ।

प्रदेश सभा सचिवालयले दलका नेता, प्रमुख सचेतक, संसदीय समितिका सभापतिलाई गाडी सुविधा दिएको छ।

Logo