पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय, रेल किन्न मन्त्रालयलाई अनुमति

पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय, रेल किन्न मन्त्रालयलाई अनुमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ। मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।

कार्यालयमा उपसचिवले नेतृत्व गर्नेछ । जसमा १६ जनाको दरबन्दी रहनेछ । अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन हामीले कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौं,’ मन्त्री बाँस्कोटाले भने।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानीजहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा ढुक्क हुन आश्वासन दिएका थिए। यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली पुस १६ गतेदेखि कोशीमा पानीजहाज चल्ने भएकाले त्यसमा यात्रा गर्न निम्तो दिएका थिए।

पुस १६ गते पानीजहाज चल्ने नभएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यंग तथा आलोचना गरिएको थियो। आलोचनापछि प्रधानमन्त्री ओलीले संसद बैठकबाटै छिट्टै पानी जहाज सञ्चालनमा आउने र टिकट पनि पाईने बताएका थिए ।

रेल किन्न यातायात मन्त्रालयलाई स्वीकृतिः
सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्री बास्कोटाले रेल खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत प्रदान गरिएको बताए ।

सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्न यस्तो निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।

Logo