विदेशी बैंकमा नेपालीले राखेको कालोधनबारे तत्काल छानविन गर्न कमल थापाको माग

विदेशी बैंकमा नेपालीले राखेको कालोधनबारे तत्काल छानविन गर्न कमल थापाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विदेशी बैंकहरुमा लुकाईएका कालोधनबारे तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन् ।

नेपालिक्स २०१९ का अनुसार विदेशी बैंकमा ५५ नेपालीहरुले गैरकानुनीरुपले रकम जम्मा गरेको खुलासा भएपछि उनले यस विषयमा सरकार र सम्बद्ध निकायले तत्काल छानविन गर्न माग गरेका हुन् ।

सामाजिक संजाल ट्वीटरमा उनले शंकास्पद व्यक्ति र संस्थाको बैंक खाता तत्काल रोक्का गरेर छानविन गर्न माग गरेका हुन् ।

‘संसदले यस विषयमा सशक्त कदम उठाउनु पर्छ।’ उनले भनेका छन् । अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा व्यक्त गरेका छन् ।

बुधबार साँझ ‘नेपालिक्स २०१९’ नाम गरेर ‘खोज पत्रकारिता केन्द्र’ (खोपके) को टिमले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस’ (आइसिआइजे) को सहकार्यमा नेपाली लगानी कर्ताको विदेशी बैँकमा राखेको कालोधनको बारेमा खुलासा गरेको थियो । ५२ अर्ब स्विस बैँकमा जम्मा गरेको खुलासा गरिएको थियो ।

विदेशमा पैसा लुकाउने ५५ नेपाली (बिशेष रिपोर्ट)

 

Logo