राजदूत लक्की शेर्पाबारे नेकपा हाइकमाण्डमा छलफल हुने

राजदूत लक्की शेर्पाबारे नेकपा हाइकमाण्डमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विवादित अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा सत्तारुढ दल नेकपा हाइकमाण्डमा छलफल हुने भएको छ । सरकारले कुनै निर्णय लिन नसकिरहेको बेला नेकपा सचिवालय बैठकमा राजदूत शेर्पाबारे छलफल हुन लागेको हो ।

शेर्पाबारे सचिवालय बैठकमा छलफल गर्ने प्रस्ताव पूर्वमाओवादी नेताहरुले राखेका छन् । उनी पूर्वमाओवादी कोटाबाट नै राजदूतमा सिफारिस भएकी थिइन्।

सर्वत्र चाँसोका विषयमा पार्टीका अध्यक्षद्धयले निर्णय लिँदैं आएपछि नेकपाभित्र चर्को विरोध हुने गरेको छ । रेशम चौधरीको शपथ वा राजदूत विवाद गम्भीर विषय सचिवालयमा छलफल हुनुपर्ने धारणा स्थायी समितिको छ। एक स्थायी सदस्यका अनुसार राजदूत शेर्पाका विषयमा सचिवालय बैठकमा छलफल गर्नुपर्ने माग उठेको छ । सोही माग बमोजिम छलफल हुने भएको हो ।

सरकार अनिर्णित भएपछि राजदूतको विषय सचिवालयमा प्रस्ताव भए पनि छलफल नभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकार विवादमा आउँदा दलको नाम मुछिने हुनाले जिम्मवार नेताले यस्ता विषय छलफलमा ल्याउनुपर्ने उनले स्पष्ट पारे।

Logo