कांग्रेसले नेविसंघको म्याद माघ १० गतेसम्म थप्यो

कांग्रेसले नेविसंघको म्याद माघ १० गतेसम्म थप्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थप गरेको छ । कांग्रेसले वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने निर्णय गरेको हो ।

विधानतह आज (बुधबार) रातिबाट केन्द्रीय कार्यसमिति स्वतः विघटन हुन भएपनि कांग्रेसले नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम हुने गरी हालका लागि नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखिएको जानकारी दिए ।

“नेविसंघ अर्को निर्णय नहुँदासम्म नेतृत्वविहीन हुन मिल्दैन । नेविसंघ अर्को टुंगो नहुँदासम्म केन्द्रीय कार्यसमितिबिहीन पनि हुन मिल्दैन,’’ उनले भने, ‘‘त्यसकारण हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’’

Logo