नेविसंघको म्याद आज सकिँदै

नेविसंघको म्याद आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आज (बुधबार) बाट सकिँदै छ ।

बिधान अनुसार नेविसंघको केन्द्रीय समिति आज राती १२ बजेपछि स्वतः भंग हुनेछ । तर कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० गतेका लागि मात्रै बोलाइएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने जानकारी दिए  । तर नेविसंघ अध्यक्ष नैनसिंह महर भने म्याद थपिने बताउछन।  उनले आफ्नै नेतृत्वमा १२औँ महाधिवेशन हुने दाबी गरिरहेका छन । यस अघि अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीनपटक सम्म निर्णय गराएर १२औँ महाधिवेशनको मिति तोकेका थिए।  तर पनि महाधिबेशन हुन् सकेन /

पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो । अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिबेशन सम्पन्न भएको छ ।

 

Logo