वाइडबडी प्रकरणमा देउवाको संलग्नताबारे छानविन गर्न रामचन्द्र पौडेलको माग (भिडियोमा)

वाइडबडी प्रकरणमा देउवाको संलग्नताबारे छानविन गर्न रामचन्द्र पौडेलको माग (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको छानवीन गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू सो प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै राज्यले छानविन गरी सो सम्बन्धमा तथ्यतथ्य पत्ता लगाउनुपर्ने माग गरे ।

सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले छानविन समितिले सो सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनुपर्ने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले सरकार विकास नभई विनाशको बाटोमा अघि बढिरहेको दावी गर्दै आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी दिए । मुलुकको शान्ति सुरक्षा, सुशासन र विकास तीन वटै काममा सरकार पूर्णत असफल भएको वरिष्ठ नेता पौडेलको दावी छ ।

उनले तनहुँको दुलेगौडामा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल विघटन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसो गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए ।

वरिष्ठ नेता पौडेलले निर्मला हत्याकाण्डमा ठूलै व्यक्तिको संलग्नता रहेको आशंका गर्दै त्यसलाई छानविन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरे ।

Logo