प्रदीप नेपालद्धारा लिखित उपन्यास बर्बरिक अब नाटकमा

प्रदीप नेपालद्धारा लिखित उपन्यास बर्बरिक अब नाटकमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाका नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’ मा नाटक मन्चन हुने भएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको उपन्यास बर्बरिक माथि झोराहाट नाटक घर बिराटनगरका कलाकारहरुले नाटक मन्चन गर्ने भएको हो ।

उपन्यासमा जस्तै नाटकमा महाभारतका एक पात्र बर्बरिकसँग स्व. भण्डारीलाई तुलना गरिएको छ । बर्बरिक पात्रको मुख्य भूमिकामा आधारित नाटक आगामी माघ २ गतेदेखि १२ गतेसम्म कुञ्ज नाटकघरमा प्रदर्शन हुनेछ ।

प्रदीप नेपालले लेखेको उपन्यासको यो नाट्य रुपान्तरण पनि हो । बर्बरिकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने निर्देशन जीवन बरालले गरेका छन् ।

बर्बरिक महाभारतको एक शसक्त पात्र हो । भीमको नाति बर्बरिकले आफ्नो क्षमता नदेखिइदै मर्नु परेका कथालाई मदन भण्डारीको जीवन सँग यो उपन्यासमा जोडिएको छ ।

नाटकमा पनि वि.सं. २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका बिषयहरु समेटिएको छ ।

Logo