१८ वर्ष पुगेकालाई फौजी तालिम दिन बाबुरामको प्रस्ताव

१८ वर्ष पुगेकालाई फौजी तालिम दिन बाबुरामको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपालीलाई फौजी तालिम दिन प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले सबैलाई मिलिसियाको रुपमा तयार पार्नुपर्नेमा जोड दिएका हुन् ।

राजधानीमा सोमबार आयोजित ‘नेपालको भूराजनैतिक महत्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तर्क्रियामा बोल्दै डा. भट्टराईले भने, ‘सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिन्छ ।’

डा. भट्टराईले बाह्य शक्तिबाट बच्न सेना र हातहतियारमा खर्चगर्नु भन्दा मिलिसिया तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

Logo