चिकित्सा शिक्षा विधेयक संसदमा पेस

चिकित्सा शिक्षा विधेयक संसदमा पेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदमा पेस भएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गरेकी हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो। प्रतिनिधिसभाको साउन १३ को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय भए बमोजिम समितिमा साउन २१ मा पुगेको थियो।

समितिको असोज ११ को बैठकबाट विधेयकको सम्बन्धमा दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेस गर्न १० सदस्यीय उपसमिति गठन भएको थियो ।

उपसमितिले १५ वटा बैठकमा शिक्षा मन्त्री, संशोधन पेस गर्ने सांसदहरु, सरोकारवाला र सम्बन्धित विषय विज्ञहरुसँग छलफल गरी विधेयकमाथिको दफावार छलफल गरी पुस २३ गते समितिमा प्रतिवेदन पेस गरेको थियो । समितिको पुस २५ गतेको बैठकमा प्रतिवेदन बहुमतले पारित भएको थियो।

Logo