प्रधानमन्त्रीद्धारा संसदमा दिईएको आर्थिक तथ्यांक पुरै गलतः मिनेन्द्र रिजाल (भिडियोमा)

प्रधानमन्त्रीद्धारा संसदमा दिईएको आर्थिक तथ्यांक पुरै गलतः मिनेन्द्र रिजाल (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्यांक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दाबी गरेका हुन् ।

मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्रीद्धारा संसदमा सम्बोधनका क्रममा दिईएका तथ्यांक पुरै गलत भएको भन्दै उनले प्रधानमन्त्रीलाई अर्थमन्त्रालयद्धारा गलत जानकारी दिईएको बताए ।

प्रधानमन्त्रीले भने जस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सुचांकमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै उहाँले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने, “काठमाण्डौ खाल्डोबाट देखिएन होला त्यसैले झापामा भ्यु टावर बनाउने भन्नुभएको छ । माफ गर्नुहोस् प्रधानामन्त्री ज्यू । खाबो बांगो छ ,तपाईले देखे जस्तो देशको स्थिति छैन । झापाको भ्यु टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ । क्षमा गर्नुहोस् प्रधानमन्त्री ज्यु । ”

उनले प्रधानमन्त्रीले राष्ट्रपतिको लागि सेवा र सुविधा बढाएर नया दरबार श्रृजना गर्न खोजेको आरोप पनि लगाए । उनले भने, “सरकारको निर्णयबाट १८ करोडको गाडीमा डेढ अर्बको हेलिकोप्टरमा चढाउने र भोग विलासको जीवनमा पुरानो दरबार होइन नया दरबार झन बढी भोग र विलासको बिम्ब बनाएर लैजाने सरकारको निर्णयबाट संस्था बलियो हुदैन ।

गणतन्त्र बलियो हुदैन । जनताको आर्थिक अवस्था जस्तो छ ,त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ । नेपाली जनता नया दरबार बनाउन चाहदैन ।”

उनले प्रधानमन्त्रीले भने भन्दा विपरित संबैधानिक संस्थालाई मातहतको विभागजस्तो बनाउने काम सरकारबाट भईरहेको आरोप लगाए ।

उनले भने, “बुद्धीजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर ,पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर , सत्याग्रहीको मान मर्दन गरेर, संबैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुदैन ।

आयोगहरुलाई क्रियाशिल नतुल्याउने अनि संघियता अझ बलियो बनाएको छु ,भनेर झुटा बोलेर संघीयता बलियो हुदैन संस्था बलियो बनाउनुपर्छ । ”

Logo