रबिन्द्र मिश्रमाथि उज्वल थापाको ४ गहन आरोप (भिडियोमा)

रबिन्द्र मिश्रमाथि उज्वल थापाको ४ गहन आरोप (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

आन्दोलन, बन्द हडताल र भ्रष्ट्राचारको विरोध गर्ने हेतुले २०६९ सालदेखि नेपालमा विवेकशील नेपाली अभियान सुरु भएको थियो । अभियानका समर्थक ह्वात्तै बढ्न थालेपछि तिनै अभियान पछि गएर राजनीतिक दलको रुपमा दर्ता भयो । त्यस्तै संचार जगतबाट आएका रविन्द्र मिश्रले २०७३ सालमा साझा पार्टी दर्ता गरे ।

केही अनुभवी राजनीतिज्ञ र पूर्व सरकारी कर्मचारीहरु समेत सहभागि साझा पार्टीले पनि राम्रै वाहवाही पायो । यी दुबै पार्टीको उद्धेश्य करिव करिव उस्तै उस्तै भएपछि २०७४ साल साउन ११ गते पार्टी एकता भयो ।

पार्टीको नेतृत्वका लागि रविन्द्र मिश्र र उज्जवल बहादुर थापालाई संयोजक घोषणा गरियो । पार्टीको नाम विवेकशिल साझा पार्टी र चुनाव चिन्ह तराजु तोकियो ।

स्थानीय चुनावमा पनि यी पार्टीका उम्मेदवारहरुको राम्रै चर्चा भयो । परिणमातः ३ जना नेताले प्रदेश सांसदको जिम्मेवारी पनि पाए । तर विडम्वना पार्टी एकता भएको १७ महिनामै पार्टी दुई चिरा परेको छ ।

सुसंस्कृत राजनीतिको मूलमर्म बोकेको पार्टी नै यति छोटो समयमा फुटेपछि चौतर्फी आलोचना र ब्यंग्यहरु भईरहेका छन् । यतिबेला सामाजिक सञ्जालहरुमा संयोजकद्वय मिश्र र थापालाई अर्थकल्चो नेता भन्दै घोचपेचहरु भईरहेको छ ।

विवेकशिल साझा पार्टी राष्ट्रिय एकता दिवसकै दिन साइत जुराएर एक्कासी फुटेको भने होईन । यो पार्टी लामो समयदेखि आन्तरिक किचलोमा रुमलिरहेको थियो ।

पार्टीमा मिश्र एक्लैले मनोमानी निर्णय गर्ने गरेको भन्दै विगतदेखि नै विरोध हुँदै आएको थियो । स्थानीय निर्वाचनमा उम्मेदवार मनोनयनदेखि पार्टीको केन्द्रिय सदस्य मनोनयनमा समेत मिश्रले मनपरी गर्न खोजेको भन्दै किचलो भईरहेको थियो । यद्यपि कतिपय नेताले पार्टीको बैठक समेत बहिस्कार गर्दै आएका थिए ।

Logo