पार्टी फुटेपनि विवेकशील साझा पार्टीको सिद्धान्त टुक्रिदैनः रवीन्द्र मिश्र (भिडियोमा)

पार्टी फुटेपनि विवेकशील साझा पार्टीको सिद्धान्त टुक्रिदैनः रवीन्द्र मिश्र (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्ने बताएका छन् ।

सनिबार ललितपुरको बखुनडोलस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विच्चलित नभई मुल्य मान्यता सहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । पार्टी फुटपछि आफुहरुको यात्रामा केही समस्या आएपनि यात्रा अवरुद्ध नहुने उनले दाबी गरे । राष्ट्रिय मुद्धामा हस्तक्षपकारी भुमिका निर्वाह गर्दै पार्टीको संगठन विस्तारमा लाग्ने उनले बताए ।

उनले पार्टी भित्रनै केही समय अघि देखि पार्टी फुटाउने चलखेल भईरहेको पनि दाबी गरे । पार्टी फुट गराउने मनसायले चलाईएको भ्रमलाई नै पार्टी भित्रका केही सदस्यले सत्य हो भन्ने बुझेपछि समस्या भएको उनको तर्क थियो । बुझाईमा एकरुपता नभएपनि तत्काल पार्टी फुटको चरणमा पुग्छ भन्ने आफुलाई नलागेको पनि उनले उल्लेख गरेका छन् ।

विवेकशीलबाट आएका उज्जल थापा लगायत समुह पार्टी विधि र प्रक्रियाबाट अघि नबढेको भन्दै अलग भएको छ ।

Logo