वाइडबडी प्रकरणबाट देउवालाई जोगाउँन गच्छादारको सक्रियता

वाइडबडी प्रकरणबाट देउवालाई जोगाउँन गच्छादारको सक्रियता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वाइडबडी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम पनि मुछिएपछि पार्टीभित्र हलचल मच्चिएको छ । संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा देउवाको नाम थिएन् ।

उनको सट्टामा तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवको नाम मुछिएको थियो । उनी त्यो बेला मन्त्री नै नरहेको तथ्य बाहिर आएपछि उक्त निर्णय गराउने तत्कालिन प्रधानमन्त्री देउवा नै थिए । उपसमितिले हचुवाको भरमा प्रतिवेदन तयार पारेको तथ्य फेला परेपछि देउवाको बचाउँमा कांग्रेस नेताहरु लागिपरेका हुन् ।

विगतमा वाईडबडी प्रकरणमा मुछिएका सबैलाई कारवाही हुनुपर्ने मागलाई सशक्त बनाउँदैं आएका कांग्रेस नेताहरु यतिबेला लचिलो देखिएका छन् ।

विशेषगरी कांग्रेस उपसभापति विजयकुमार गच्छादार त उक्त प्रकरणमा देउवालाई जोड्नु गलत भएको बताउँदैं आएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गच्छदारले भने, ‘सभापति देउवाजीलाई वाइडबडी विमान विवादमा जोड्नु गलत हो। यस्ता कुनैपनि योजना प्रधानमन्त्री समक्ष पुग्दैनन्।’

लेखा समितिले विमान खरिद अनियमितता सम्बधि छानविन जारी राखेकोले त्यसको निर्णय नआउन्जेल सरकारले छानविन आयोग गठन गर्नु आवश्यक नरहेको गच्छदारको भनाई छ ।

Logo