रबिन्द्र मिश्रमाथि उज्वल थापाको ४ गहन आरोप

रबिन्द्र मिश्रमाथि उज्वल थापाको ४ गहन आरोप

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी) 

आन्दोलन, बन्द हडताल र भ्रष्ट्राचारको विरोध गर्ने हेतुले २०६९ सालदेखि नेपालमा विवेकशील नेपाली अभियान सुरु भएको थियो । अभियानका समर्थक ह्वात्तै बढ्न थालेपछि तिनै अभियान पछि गएर राजनीतिक दलको रुपमा दर्ता भयो । त्यस्तै संचार जगतबाट आएका रविन्द्र मिश्रले २०७३ सालमा साझा पार्टी दर्ता गरे । केही अनुभवी राजनीतिज्ञ र पूर्व सरकारी कर्मचारीहरु समेत सहभागि साझा पार्टीले पनि राम्रै वाहवाही पायो । यी दुबै पार्टीको उद्धेश्य करिव करिव उस्तै उस्तै भएपछि २०७४ साल साउन ११ गते पार्टी एकता भयो । पार्टीको नेतृत्वका लागि रविन्द्र मिश्र र उज्जवल बहादुर थापालाई संयोजक घोषणा गरियो । पार्टीको नाम विवेकशिल साझा पार्टी र चुनाव चिन्ह तराजु तोकियो ।

स्थानीय चुनावमा पनि यी पार्टीका उम्मेदवारहरुको राम्रै चर्चा भयो । परिणमातः ३ जना नेताले प्रदेश सांसदको जिम्मेवारी पनि पाए । तर विडम्वना पार्टी एकता भएको १७ महिनामै पार्टी दुई चिरा परेको छ । सुसंस्कृत राजनीतिको मूलमर्म बोकेको पार्टी नै यति छोटो समयमा फुटेपछि चौतर्फी आलोचना र ब्यंग्यहरु भईरहेका छन् । यतिबेला सामाजिक सञ्जालहरुमा संयोजकद्वय मिश्र र थापालाई अर्थकल्चो नेता भन्दै घोचपेचहरु भईरहेको छ ।

विवेकशिल साझा पार्टी राष्ट्रिय एकता दिवसकै दिन साइत जुराएर एक्कासी फुटेको भने होईन । यो पार्टी लामो समयदेखि आन्तरिक किचलोमा रुमलिरहेको थियो । पार्टीमा मिश्र एक्लैले मनोमानी निर्णय गर्ने गरेको भन्दै विगतदेखि नै विरोध हुँदै आएको थियो । स्थानीय निर्वाचनमा उम्मेदवार मनोनयनदेखि पार्टीको केन्द्रिय सदस्य मनोनयनमा समेत मिश्रले मनपरी गर्न खोजेको भन्दै किचलो भईरहेको थियो । यद्यपि कतिपय नेताले पार्टीको बैठक समेत बहिस्कार गर्दै आएका थिए ।

थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खवर सार्वजनिक भएसँगै पार्टीका प्रवक्ता सूर्यराज आचार्यले थप आशा, विश्वास र दृढताकासाथ भन्दै विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा पार्टीले आगामी पुस ३० गते केन्द्रिय समितिको बैठक तय गरेको र बैठकमा आप्mनो असन्तुष्टीहरु राख्ने मौका हुँदाहुँदै पनि वैकल्पिक पार्टी बनाउने उद्धेश्यमा थापाले घात गरेको जनाएका छन् ।

यता नयाँ दल दर्ताको प्रक्रिया थालेका उज्वल बहादुर थापाले पनि एक विज्ञप्ति निकाल्दै मिश्रमाथि विभिन्न आरोपहरु लगाएका छन् । आपूm अंगुरको झुप्पो भए पनि मिश्रले स्याउको डल्लोलाई जस्तो व्यवहार गरेर उनीहरुको आरोप छ । तीन जना प्रदेश सांसद मध्ये २ जना (रमेश पौडेल र विराज भट्ट) उनीहरुको साथमा छन् । ३५ जना केन्द्रिय सदस्य मध्ये १६ जना उनीहरुको साथमा आएका छन् । ति हुन् रन्जु दर्शना, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, उज्वल बहादुर थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुन सिंह ठकुरी ।

रविन्द्र मिश्रमाथि लागेको ४ गहन आरोप

१. वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा भिन्नता

वैकल्पिक पार्टी बन्ने उद्घोषका साथ जुटे पनि वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठूलो भिन्नता भएको थापाको आरोप छ । त्यसकारण यही बाटोबाट हिडेर ठोस नतिजा हासिल नहुने भएपछि पर्टी विभाजनको संघारमा पुगेको थापाको तर्क छ ।

२. सानो कोटरीको निर्णय

थापाले हरेक निर्णयमा आफूहरुको समान सहभागिता खाजेका छन् । त्यसकारण मिश्रले एकलौटी निर्णय गरेको उनीहरुको आरोप छ । उनकै शब्दमा भन्ने हो भने विवेकशिल साझा पार्टीमा ‘निर्णयमा अपारदर्शी प्रक्रिया, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर र सानो कोटरीले निर्णय गर्ने प्रवृतिले प्रश्रय पायो ।’

३.  जागरुक नागरिकको आशामा तुसारापात

पार्टीको जारी कार्यशैलीले राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुसारापात हुने थापाको तर्क छ । त्यसकारण पनि सुसंस्कृत र सहभागितामुलक राजनीतिलाई केन्द्रबिन्दू बनाएर अघि बढ्नुपर्नेमा मिश्र त्यो बाटोमा नहिडेको उनको आरोप छ ।

४. कोटको खल्तीबाट केन्द्रिय सदस्य भर्ति

थापाले मिश्रमाथि लगाएको अर्काे गहन आरोप हो केन्द्रिय सदस्यता वितरण प्रक्रिया । नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने गरेको उनको आरोप छ । पार्टीमा यस्तै हर्कत बढेकाले आपूmहरु निराश बनेको उनको भनाई छ ।

Logo