डा. गोविन्द केसीलाई बर्खास्तको माग गर्दै अर्को अनसन

डा. गोविन्द केसीलाई बर्खास्तको माग गर्दै अर्को अनसन

केन्द्रबिन्दु
0
Shares

इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको विरुद्ध अर्को अनसन सुरु भएको छ । उनले गरेको अनसनविरुद्ध इलाममा अर्को सत्याग्रह अनसन शुरु भएको हो ।

डा. केसीले १५ औं सत्याग्रहपछि गत १० साउनमा सरकारसँग भएको सम्झौता बमोजिम संशोधन गरे चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायत ६ बुदे मागसहित सत्याग्रह शुरु गरेका थिए ।

उनका विरुद्ध ओखलढुंगाका सिस्नेरी स्थायी घर भएका विजय थापाले सत्याग्रह शुरु गरेका हुन् । हालै शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक हुबहु पास गर्नुपर्ने लगायत ९ बुदे माग अघि सारेका छन् ।

त्यस्तै काठमाडौं उपत्यका बाहिर दशभरी नै मेडिकल कलेज खुलाउने वातावरण निर्माण गर्नुपर्ने, सरकारी तलब सेवासुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीलाई सेवाबाट बर्खास्ती गरि कारवाही गरिनुपर्ने, बलत्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।

Logo