गगन थापालाई छायाँ सरकारको अर्थ मन्त्रीमा रुची

गगन थापालाई छायाँ सरकारको अर्थ मन्त्रीमा रुची

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्ने भएको छ । पुस २४ गते बसेको कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

बैठकले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न सांसदहरुलाई आग्रह समेत गरेको थियो । एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सकिनेछ ।

कांग्रेसको उक्त निर्णयपछि नेताहरु आफुले लिने मन्त्रालयका विषयमा छलफल गर्न थालेका छन् । विशेषगरी कांग्रेस प्रभावशाली नेताहरुले त्यसको तयारी थालेका हुन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा छायाँ सरकारको प्रधानमन्त्री बन्ने पक्का छ ।

कांग्रेसले सरकारको कामकारवाही माथि अनुगमन, निगरानी तथा खवरादी गर्न सक्ने गरी छायाँ सरकार गठन गर्न लागेको हो । त्यसको लागि सांसदहरुलाई नाम दिन भनेको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले छायाँ सरकार गठन गर्नु कुनै नौलो विषय नभएको बताए । उनले विगतमा कांग्रेस सत्तामा हुँदा तत्कालिन नेकपा एमालेले समेत छायाँ सरकार गठन गरेको बताउँदैं यसमा आश्चर्य मान्नुपर्ने कुरा नभएको बताए ।

नेकपा एमालेले २०४८ सालमा कांग्रेस नेतृतवको सरकारलाई खवरदारी गर्न छायाँ सरकार गठन गरेको थियो । प्रमुख प्रतिपक्षी दलले आफ्नो भूमिकालाई प्रधावकारी बनाउन छायाँ सरकार अपरिहार्य रहेको थापाको भनाई छ ।

छायाँ सरकारले नेपाली कांग्रेसलाई संसदभित्र आफ्नो प्रस्तुतिलाई प्रभावकारी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने थापाले बताए । सम्बन्धित मन्त्रालयको छायाँ मन्त्रीले मन्त्रालयबाट आएका विधेयक, त्यहाँभित्रका नितिगत निर्णयहरु के भएका छन् ? त्यस्ता विषयमा प्रतिपक्षलाई सूसुचित बनाउने काम गर्ने उनको दाबी छ । स्याडो क्याबिनेट संसदभित्रको सिस्टम नै भएकाले त्यसमा आफुले पनि भाग लिने उनको भनाई छ ।

छायाँ सरकारको कुनै नयाँ मन्त्रालयमा रुचीः
थापाले छायाँ सरकारमा नयाँ मन्त्रालयको जिम्मेवारी आफुले लिन चाहेको बताएका छन् । विगतमा लिईएका मन्त्रालयबारे आफुले धेरै कुरा थाहा पाएको र अब नयाँ मन्त्रालयको जिम्मेवारी लिन चाहेको उनको भनाई छ ।

‘मैले विगतमा लिईसकेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन्न । यो पटक नयाँ मन्त्रालयको जिम्मेवारी लिने सोच बनाएको छु । पार्टीभित्र र साथीभाईहरुसँग छलफल भईरहेको छ ।’ उनले भने ।

आफुले यो पटक कृषी तथा अर्थ मन्त्रालय लिन चाहेको बताएका छन् । आफुलाई नयाँ विषयमा सिक्ने मन भएकाले कुनै नयाँ मन्त्रालय रोजेर पठाउने उनको भनाई छ ।

कृषी तथा अर्थ मन्त्रालय आफ्नो लागी नयाँ विषय भएकाले त्यसैमा थापाको रुची छ । ‘मलाई अरु कुनै नयाँ विषयमा सिक्ने मन छ । त्यसैले कृषि तथा अर्थ मन्त्रालयमा मैले दाबी गर्नेछु । के के हुन्छ त्यो पार्टीभित्र छलफलपछि मात्रै थाहा हुन्छ’ उनले भने ।

Logo