डिएसपी हुँ भन्दै हिँडने अनिल थापा पक्राउ (भिडियोमा)

डिएसपी हुँ भन्दै हिँडने अनिल थापा पक्राउ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डिएसपी हुँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई गएराति ११ बजे कमलादीस्थित तिरुपति होटलको रुम नम्बर २०३ बाट पक्राउ गरेको हो ।

बहालवाला डिएसपी हुँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाको समेत पैसा नतिर्ने र महिलाहरुमाथि दूव्र्यवहार समेत गर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी नायव उपरीक्षक बोगटीले उनलाई डिएसपी हुँ भन्दै कीर्ते गरेको अभियोगमा कार्वाही प्रक्रिया अघि बढाइएको पनि बताए ।

Logo