नेविसंघका ७ पदाधिकारीले राजीनामा दिए

नेविसंघका ७ पदाधिकारीले राजीनामा दिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १२ औं महाधिवेशन नहुने भएपछि नेविसंघका ७ पदाधिकारीले राजीनामा दिएका छन् । तोकिएको समयमा १२ औं महाधिवेशन नहुने निश्चित भएपछि नेपाल विद्यार्थी संघ संस्थापन समूहका सात पदाधिकारीले राजीनामा दिएका हुन् ।

विधानतः संघको अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने भएपनि ७ पदाधिकारीले पार्टी सभापतिलाई राजीनामा बुझाएका छन्। अध्यक्ष नैनसिंह महर नजिक रहेका ७ जनाले राजीनामा दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवालाई सामूहिक राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

राजीनामा दिएको भनि नाम आएकी सह–महामन्त्री अम्बिका चलाउनेले आफूले पद नत्यागेको प्रतिक्रिया दिएकी छन् । निर्वाचित कार्य समितिको कार्यकाल पटक–पटक थपिँदा पनि १२ औं महाधिवेशन हुन नसकेकाले राजीनामा दिएको उनीहरुको भनाई छ ।

संघको महाधिवेशनको लागि शनिबार (पुस २८) देखि ३ दिनका लागि मिति तोकिएको थियो। यसबीचमा १६ जिल्लाको मात्रै अधिवेशन सम्पन्न हुन सकेको छ। अधिवेशन भएका केही जिल्लामा विवाद कायमै छ। दोश्रोपटक थपिएको म्यादले संघको कार्यकाल माघ २ सम्मका लागि छ।

Logo