प्रधानमन्त्रीलाई ब्यंग गर्दै रानीपोखरीमा युवाले फुटबल खेले

प्रधानमन्त्रीलाई ब्यंग गर्दै रानीपोखरीमा युवाले फुटबल खेले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्यंग गर्दै युवाहरुले काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । नेपाल विद्यार्थी संघको आयोजनामा मंगलबार रानीपोखरीमा फुटबल खेलिएको हो ।

शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्य गरेका थिए ।

देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

Logo