गोविन्द केसीलाई योगेश भट्टराईको यस्तो चेतावनी (भिडियोसहित)

गोविन्द केसीलाई योगेश भट्टराईको यस्तो चेतावनी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफू लगायतका सांसदलाई अपमानित हुने गरी टिप्पणी गरेको गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सांसद भट्टराईले वरिष्ठ चिकित्सक केसीले सोमबार बिहान पत्रकार सम्मेलनमा आफूलगायतका सांसदमाथि ‘माफियाको पक्ष लिएको’ आरोप लगाएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले वरिष्ठ चिकित्सक केसीका टिप्पणीहरुले आफ्नै स्तर स्खलित गराईएको उल्लेख गर्दै सचेत रहन पनि आग्रह गरे ।

आफूसँग भएको सहमति विपरित शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिको बहुमतले चिकित्सा शिक्षा विधेयक पास गरेपछि वरिष्ठ चिकित्सक केसी आक्रोशित भएका छन् । सोही सम्बन्धमा पत्रकार सम्मेलन गरी उनले सांसद भट्टराई लगायतका सांसदहरुलाई

‘माफियाको पक्ष लिएको र जनतामारा काममा लागेको’ आरोप लगाएका थिए । समितिको बैठकमा वरिष्ठ चिकित्सक केसीको सो अभिव्यक्तिप्रति सांसद भट्टराईको आपत्ति थियो ।

समितिका सभापति, सदस्यहरु खगराज अधिकारी, भैरवबहादुर सिंह र मेरा नाम लिएर जे शब्द उच्चारण गरिएको छ, सांसद भट्टराईले भने, त्यो शब्दले वरिष्ठ चिकित्सक केसीलाई जिन्दगीभर लखेटनेछ ।’

Logo