रबिले दिए पूर्वपत्नीलाई मुखभरिको जवाफ (भिडियोमा)

रबिले दिए पूर्वपत्नीलाई मुखभरिको जवाफ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछाने र उनकी पूर्वपत्नी इशा श्रेष्ठबीच फेसबुक ‘वार’ चलेको छ । डिभोर्स भएको केही समयमै उनीहरु दुवै जना सामाजिक सञ्जालमा वार गर्न पुगेका हुन् ।

रबिले आईतबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा म ज्युउदैं छु श्रीमान शिर्षकमा एउटा स्टाटस लेखेका थिए । उनले इशामाथि डिप्रेशनको शिकार भएको आरोप समेत लगाएका थिए । रबिले आफ्नो विगतबारे गल्ती भएको महसुस गर्दै नयाँ जीवन देश र जनताकै हितमा लैजान प्रतिबद्धता जनाएका थिए ।

उनको आरोपमा ईशाले जवाफ दिएकी छन् । उनले आफ्नो मात्र नभई दुवैको गल्तीले सम्बन्धमा दरार आएको बताएकी छन् । रबिले आफुमाथि लगाएको सबै आरोपको कारण नै उ भएको दाबी गर्दै उनले भनिन्, ‘रबि जी कै कारण म समस्यामा परेकी हुँ ।’

२०५१ साल मंसिरमा विवाह गरेका रबि र इशाले केही दिन अघि मात्रै सम्बन्ध विच्छेद गरेका थिए । ईशाले आफु राम्रो भएको बताउँदैं सञ्चारमाध्यममा प्रतिक्रिया दिएपछि रबिले सोमबार सामाजिक सञ्जालमा अर्को स्टाटस पोस्ट गरेका छन् ।

उनले आफ्नी पूर्वपत्नी ईशा र उनका प्रेमीको फोटो तथा म्यासेज पनि सार्वजनिक गरेका छन् । उनले ईज्जत लिलाम गर्ने मनशाय नहुँदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन । सबै कुरा पुराना हुन ।

यो तस्बिरपनि पुरानै हो, रिन्यू गर्ने मन छैन तर आफैलाई घृणा गर्नुपर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैन पनि । सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ ।

बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला । उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला । म आज स्तरहिन मान्छे हुन बाध्य भए । यो भन्दा तल अब म जान चाहन्न ।

Logo