माधव नेपाल भन्छन्, ‘मलाई क्रिश्चियन धर्मसँग जोडियो’

माधव नेपाल भन्छन्, ‘मलाई क्रिश्चियन धर्मसँग जोडियो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरिएको आरोप लगाएका छन् । सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’ मा सहभागी भएको स्पष्टीकरण दिँदैं आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरिएको भन्दैं आपत्ति जनाए ।

सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए ।

सोही सम्बन्धमा स्पष्टीकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरे ।

वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे । उनले एसिया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ कांग्रेस सांसद राजभण्डारीलाई दिएका थिए ।

Logo