प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाउने कस्तो लोकतन्त्रः कांग्रेसको प्रश्न (भिडियोमा)

प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाउने कस्तो लोकतन्त्रः कांग्रेसको प्रश्न (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्रीको सम्बोधनमा प्रश्न सोध्न पाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध पार्‍यो । प्रतिनिधिसभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगत्तै सभामुखले कार्यसुचीमा रहेका कार्यक्रम अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

कांग्रेस सांसदहरुले प्रतिनिधिसभा नियमावलिको २ सय १९ अनुसार सार्वजनिक महत्वको विषयमा दिएको अभिव्यक्तिमा सांसदले प्रश्न सोध्न पाउने व्यवस्था रहेको भन्दै अडान लिएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

कांग्रेस सांसदको विरोधका बीच अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तभरण कोष विधेयक सम्बन्धी समितिको प्रतिवेदन र भुक्तानी तथा फस्यौट विधेयक सम्क्बँन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

प्रश्न सोध्न पाउनुपर्ने सम्बन्धमा निकै समय सभामुख र कांग्रेस सांसदहरुबीच भनाभन चलेको थियो । लामो समय बैठकको कार्यसंचालन प्रभावित हुँदा पनि सभामुखले प्रश्नउत्तरको समय दिन नसक्ने भन्दै कार्यसुचीका काम अघि बढाएपछि कांग्रेस सांसदहरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका थिए ।

Logo